८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

नेता नेपाल चीनको बेइजिङबाट स्वदेश फिर्ता

१५ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल छिमेकी चीनको बेइजिङमा भएको दोस्रो ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ का लागि अन्तर्राष्ट्रिय सहायता फोरममा भाग लिई आज स्वदेश फर्कनुभएको छ ।

स्वदेश फर्केपछि नेता नेपालले आफ्नो भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रभाढ भएको र नेपालप्रति चिनियाँ नेताको सद्भाव देखिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । नेता नेपाल यही वैशाख ११ गते त्यसतर्फ जानुभएको थियो ।

प्रकाशित मिति : 18:45