१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

आगामी आर्थिक वर्षको बजेटबाट सुरक्षालाई अझ प्रभावकारी बनाउँछाैँ : गृहमन्त्री थापा

१५ वैशाख, भोजपुर । गृहमन्त्री रामबहादुर थापाले आगामी आर्थिक वर्षको बजेटबाट सुरक्षालाई अझ मजबुद बनाउने गरी काम गरिने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालयको भवन र जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको उद्घाटन गर्दै उहाँले भोजपुरसँगै देशभरबाट जनताले सुरक्षाको माग राख्दै सेवा केन्द्र तथा प्रहरी चौकीको माग राखेर एक हजार बढी निवेदन आएकाले सुरक्षालाई ध्यानमा राख्दै अधिकतम स्थानमा स्थापना गर्न आगामी वर्षमा बजेट विनियोजन गरेर काम गर्ने बताउनुभयो ।

उहाँले देशभरबाट एक हजारभन्दा बढी प्रशासनिक सेवा केन्द्र, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी स्थापना गर्न निवेदन आएका भए पनि देशको अर्थतन्त्रले धान्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै अधिकतम ठाउँमा चौकी तथा सेवा केन्द्र स्थापना गर्न आगामी वर्षमा बजेट विनियोजन गर्ने जानकारी गराउनुभयो । उहाँले सबै स्थानीय तहले जनताको विकास र चाहना पूरा गर्ने संकल्पका साथ आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : 18:22