२२ चैत्र २०८२, आईतवार | Sun Apr 5 2026

संगीतकार बीजु बज्राचार्यकाे निधन

१५ वैशाख, काठमाडाैँ ।  गुल्मीको पुरानो व्यापारिक केन्द्र वामीटक्सार निवासी नेपाली सांगीतिक क्षेत्रका धरोहर बीजु बज्रजार्यको आईतवार ४८ बर्षको उमेरमा हृदयघातबाट निधन भएको छ । बज्राचार्यको सिभिल अस्पतालमा निधन भएको जनाइएकाे छ ।

मोटरसाईकल स्टाट गर्दा उनी त्यही ढलेरअचेत अवस्थामा रहेका उनलाई सिभिल अस्पतालमा पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेको उनकी धर्म दिदी तथा वामीटक्सारकी छिमेकी विष्णुकुमारी सापकोटाले जानकारी दिइन् । उनी नेपाली सांगीतिक क्षेत्रका चर्चित संगीतकार थिए ।

 

प्रकाशित मिति : १५ बैशाख २०७६, आईतवार १७:००