आमाको पेटभित्रै झगडा गर्ने चीनका जुम्ल्याहा शिशुको भिडियो भाइरल, तपाईँ पनि हेर्नुस् भिडियाे
१५ वैशाख, काठमाडाैँ । चीनका जुम्ल्याहा शिशुको आमाको पेटभित्रको भिडियो भाइरल बनेको छ । सामाजिक सञ्जालमा भाइरल बनेको यो भडियोसम्बन्धी समाचार आजको कारोबार दैनिकमा प्रकाशित भएको छ । धेरैले भिडियो मनपराएर सेयर गरिरहेका छन । अल्ट्रासाउण्डको यो भिडियो व्यापक भाइरल बन्दै छ। उक्त भिडियोमा दुई शिशुहरु झगडा गरिरहेको देखिन्छ ।

रिपोर्टका अनुसार यो भिडियो गत वर्ष चीनमा सेयर गरिएको थियो । महिला चार महिनाको गर्भवती थिइन् । उनी जुम्ल्याहा शिशु जन्म दिने तरखरमा थिइन् । यो भिडियो जुम्ल्याहा शिशुका पिता टाओले लिएका थिए । टाओले स्थानीय अखबारसँग कुरा गर्दै भने, ‘जन्म नै नभएका छोरीहरु धेरै समयसम्म एक अर्कालाई मुक्का हान्थे ।’ यो भिडियो चीनमा व्यापक भाइरल भएको छ । टाओले भिडियो एप डोयुयिनमा पहिलो पटक यो भिडियो सेयर गरेका थिए ।
प्रकाशित मिति : 09:02









