१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

वीरगञ्जमा नेपाली नागरिकता लिन सयाैँ भारतीय लाइनमा ! (भिडियोसहित)

१५ वैशाख, काठमाडाैँ । नागरिकता विधेयक संसदमा विचाराधिन रहेकै अवस्थामा गृहमन्त्रीले परिपत्र गर्दै जिल्ला प्रशासन कार्यालयलाई नागरिकता बाँड्न अपिल गरेपछि तराइका जिल्लामा नागरिकता लिनेको भिड नै लाग्यो । नेपालीहरूले नागरिकता पाउन खास कठिन नभए पनि भारतीयहरूले कागजपत्र जुटाउनुपर्ने र जुटाउँदा नक्कली कागजपत्र बनाउनु पर्ने भएकाले वर्षाैदेखि नेपालमा बसोबास गरेर पनि नागरिकता पाएका छैनन् ।

यद्यपी कतिपय अवस्थामा पैसा तिरेर नागरिकता नै बेचबिखन हुने गरेको विषयहरू पनि सार्वजनिक भएका छन ।पछिल्लो पटक गृहमन्त्री रामबहादुर थापाको उर्दीपछि तराइका जिल्ला प्रशान कार्यालायमा सयाैँभारीयहरू लामवद्ध भएको समाचारहरू प्रकाशमा पनि अाएका थिए ।  वीरगञ्जमा एक जना नम्रता वाग्ले सानीले सायाैँ भारतीय नागरिकता लिनका निम्त जिल्ला प्रशासन कार्यालय पर्साका अघि लामबद्ध भएको देखेपछि फेसबुकमा भिडियो लाइभ गरिन । उनले वैशाख १२ गते वीरगञ घुम्न जाँदा देखेको अवस्थाको बारेमा भिडियो लाइभ गरेकी हुन ।

भिडियो लाइभ गर्ने नम्रता वाग्ले ।

त्यहाँ एक जना पसलेसँग पनि उनले कुरा गरेकी छिन । उनले पनि भन्दैछन् नेताहरूले भोटक लागि नागरिकता बेचिरहेका छन । यो दर्दनाक भिडियो फेसबुकमा भाइरल बनिरहेको छ । धेरैले यो भिडियो सेयर गर्दै नेता र कमर्चारीलाइ गाली गरिरहेका छन भने कतिपयले नेपालको अस्तित्व नामेट पार्ने खेल भएको भन्दै प्रतिक्रिया जनाएका छन ।

हेर्नुहोस् नम्रताको कमेन्ट्रीसहितको भिडियो लाइभ

प्रकाशित मिति : 09:41