९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

सरकारी छाप किर्ते गरी उपभोक्ता समिति बनाउने कार्यालय प्रमुख राजकुमार गोइत प्रकाउ

१४ वैशाख, सप्तरी । किर्ते उपभोक्ता समिति गठनमा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख तथा सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइतलाई आज पक्राउ गरेको छ । रकम अपचलन गर्ने सरकारी छाप किर्ते गरी उपभोक्ता समिति बनाएको प्रकरणमा छानबिनका लागि सिरहा प्रहरीको सहयोगमा यादवलाई सिरहास्थित सरकारी निवासबाट पक्राउ गरी सप्तरी ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो ।

कीर्ते उपभोक्ता समिति गठन गरेको काण्डमा दश दिनअघि सप्तरी प्रहरीले राजपाका केन्द्रीय सदस्य बिपी यादव भनिने विश्वनाथप्रसाद यादव र हरी मण्डल पक्राउ गरी अनुसन्धान गरिरहेको छ । यादव र मण्डलको योजना तथा सिडिई गोइतको मिलेमतोमा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ स्थित सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको रु २५ लाख भ्रष्टाचार गर्न कागज, छाप तथा नागरिकता किर्ते गरी उपभोक्ता समितिसमेत किर्ते खडा गरिएको प्रहरीले दाबी छ ।

सरकारी छाप किर्ते प्रकरणमा भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास डिभिजन कार्यालय सिरहा र त्यसअन्तर्गतको सम्पर्क एकाइ कार्यालय राजविराजमा कार्यरत केही कर्मचारीको समेत संलग्नता हुन सक्ने भएकाले सोहीअनुसार छानबिन शुरु गरिएको र दोषी जो सुकै भए पनि कारवाहीको दायरामा ल्याउने प्रहरी उपरीक्षक विष्टले बताउनुभयो ।

प्रकाशित मिति : April 27, 2019 at 9:37 pm