८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

खुलामञ्चमा उपमेयर हरिप्रभाको हरिविजोग, व्यापारी फकाउन खोज्दा उल्टै लखेटिइन (भिडियोसहित)

१४ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी खुलामञ्चको व्यापारी फाकाउन खोज्दा उल्टै लखेटिएकी छिन । महानगरको खुलामञ्च भएकै वडाको बासिन्दा रहेकी उपमेयर खड्गी सरकारी सम्पत्ती कब्जा गरेर बनेको सटरहरू व्यापारीबाट लखेटिइ सकेपछि प्रहरीको सहायतामा सुरक्षित रूपमा भागिन । रानीपोखरी पुनर्निर्माण गर्न खोज्दा नेपाली कांग्रेसका नेता कार्यकर्ता बोलाएर डोजर नै थुनेकी खड्गीले आज पनि पहिल्यै जानकारी पाएको भए अप्रिय घटना घटाउने संकेत देखिएको छ ।

आफ्नो जानकारीबिना खुलामञ्चको सटरमा डोजर चलेको भन्दै स्तब्ध देखिएकी खड्गीले अन्तिममा व्यापारीकै सहानाभूति समेत पाउन सकिनन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारीसहित डोजर लिएर खुलामञ्च पुगेका मेयर विद्यासुन्दर शाक्यले नियम विपरितका संरचना भत्काउन निर्देशन दिएपछि सटरमाथि डोजर चलेको थियो । डोजरले सटरहरू ध्वस्त परेपछि पुगेकी खड्गीले व्यापारीको सान्तोना लिन खोजेकी थिइन । मेयर शाक्यले ५२ वटा सटर महानगरपालिकाको डोजर परिचालन गरेर भत्काएका छन ।

भत्काउनु अघि निर्देशन दिँदै मेयर शाक्य ।

हेर्नुहोस् भिडियो (लोकपथ टिभीबाट साभार)

प्रकाशित मिति : 15:57