खुलामञ्चमा डोजर चल्यो, सरकारी सम्पत्ती कब्जा गरेर सटर चलाउनेको रूवाबासी (फोटोफिचर)
१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले अाफ्नै नेताहरूको संलग्नतामा खुलामञ्च कब्जा गराएर सटर बनाइ भाडा लगाएपछि काठमाडाैँ महानगरपालिकाले डोजर चलाएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको निर्देशन समेत लत्याउँदै उपमेयर हरिप्रभा खड्गीले खुलामञ्चको बारेमा काम गर्नै नचाहेपछि मेयर शाक्यको निर्देशनमा खुलामञ्चमा डोजर चलेको हो । कांग्रेस निकटका कर्मचारी महानगरपालिकाका प्रशाससन विभाग प्रमुख ज्ञानेन्द्र कार्कीले कीर्ते कागजात तयार गरी मनोज भेटवालको ‘जलेश्वर स्वच्छन्द बिकाई बिल्डर्स प्रालिलाइ सटर निर्माण गर्न दिएर लाखाैँ कमिसन खाँदै अाएको पुष्टि भएको छ ।

खुलामञ्चनै कब्जा गर्ने काममा सहयोगी बनेपछि उपमेयरको वेवास्ता गर्दै मेयर शाक्यले डोजर चलाउने निर्णय लिएका हुन । महानगर प्रहरीका प्रमुख धनपति सापकोटाको नेतृत्वमा अतिक्रमण गरी बनाइएका टहरामा डोजर चलेको छ । खुलामञ्चभित्र करिब ४० वटा सटरहरु खडा गरेर पसल सञ्चालन हुँदै आएको थियो ।
यो पनि पढ्नुहोस्
–खुलामञ्च कब्जामा उपमेयर खड्कीकै संलग्नता, तत्काल डाेजर चलाउने मेयर शाक्यको घाेषणा



प्रकाशित मिति : 12:59









