कांग्रेस निकटका ज्ञानेन्द्र कार्कीले खुलामञ्च बेचेको खुलासा, उपमेयर खड्गीले काम नगर्नुको रहस्य खुल्यो
१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेस निकटका कर्मचारी ज्ञानेन्द्र कार्कीले खुलामञ्ज बेचेको खुलासा भएको छ । काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिलाई विवादको भूमरीमा पार्न मुख्य भूमिका खेल्दै आएका प्रशासन विभाग प्रमुख कार्कीले खुलामञ्च बेचेको अनलाइनखबरले कागजात सहित खुलासा गरेको छ । उसले ज्ञानेन्द्र कार्कीले कीर्ते कागजपत्र तयार गरेर खुलामञ्च प्रयोग गर्न दिएको तथ्य सार्वजनिक गरेको छ । कार्कीले मनोज भेटवालको ‘जलेश्वर स्वच्छन्द बिकाई बिल्डर्स प्रालिलाइ कीर्ते कागज तयार गरी काम गर्न दिएको पाइएको छ ।

अनलाइनखबरले सार्वजनिक गरेको कागजात अनुसार २०७४ साल वैशाख ८ मा भएको सहमतिपत्रको व्यहोरा नै फरक(फरक छ । एउटामा सहमतिपत्रमा स्वीकृत नक्सा भन्दा बाहिर गएर संरचना निर्माण गर्न पाइने भनिएको छ भने अर्कोमा त्यसरी संरचना बनाउन नपाइने उल्लेख छ । कार्कीले चर्को कमिसन असुल गरेर खुलामञ्च नै ब्रिक्री गरेपछि त्यही कागजातको आधारमा भेटवालले खुलामञ्चमा सटर निर्माण गरेर वार्षिक एक करोड ८२ लाख ५० हजार भाडा उठाउँदै आएका छन् । उनले सार्वजनिक स्थानमा बनाएको प्रतिसटर ११ लाख सलामी लिएर बिक्री गरेको त्यहाँका व्यापारीहरूले जानकारी दिएका छन् ।

सटर बनाउनुअघि नै भेटवालले पाँच करोड अग्रिम भुक्तानी लिएका थिए । नेपाली कांग्रेसको निकट रहेका ज्ञानेन्द्र कार्की चरम विवादित व्यक्ति हुन । उनले महानगरमा बसेर राप्रपा देखि नेकपासम्मको निकटता भजाइसकेका छन तर उनी शुद्ध कांग्रेस समर्थक रहेको उनको पारिवारिक स्रोतले बतायो ।
त्यसैको फलस्वरूप मेयर विद्या सुन्दर शाक्यले पटक पटक निर्देशन दिँदा समेत उपमेयर हरपप्रभा खड्गीले खुलामञ्चका विषयमा केही पनि काम नगरेको खुलेको छ । यसअघि चैत २४ मै मेयर शाक्यले खड्गीलाइ आवश्यक अनुसन्धान र कारबाहीको सिफारिस गर्न अनुरोध गरेका थिए तर खुलामञ्चको बिक्रीमा प्रमुख भूममिका रहेका आफ्नो पार्टी निकटका कार्कीलाइ जोगाउनका निम्ति उनले कुनै कदममै चालिनन् । फलस्वरूप शुक्रबार मेयर शाक्यले उपमेयरले आफरलाइ नटेरेको गुनासो गरेका छन ।
यो पनि पढ्नुहोस्
–खुलामञ्च कब्जामा उपमेयर खड्कीकै संलग्नता, तत्काल डाेजर चलाउने मेयर शाक्यको घाेषणा
प्रकाशित मिति : 00:15









