१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मानव तस्करीको आरोप लागेका कलाकार गौतमविरुद्ध इन्टरपोलमा ‘रेड नोटिस’ जारी

१४ वैशाख, काठमाडाैँ ।  मानव तस्करीको आरोप लागेका कलाकार तथा सगरमाथा अाराेही सुदर्शन गौतमविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलमा‘रेड नोटिस’ जारी भएको छ ।

मानव तस्करी गर्दै आएको एक समुहलाइ समात्ने क्रममा सुदर्शनको पनि नाम जोडिएपछि गौतमविरुद्ध महानगरीय अपराध महाशाखाले रेड नोटिस बिहिबार जारी गरेकाे केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक एसएसपी उत्तमराज सुवेदीले जनाएका छन् ।

क्यानडा बस्दै अाएका कलाकार गौतमकाे  दुवै हात छैनन् । फरार अपराधि बनाएर मुद्धा पेश गरिएकाे गौतमले नायिका रेखा थापासँग ‘हिम्मतवाली’ चलचित्रमा अभिनय गरेर चर्चामा अाएका थिए । गौतमले कृतिम हात नलगाई सगरमाथा आरोहण गरेर साहासिक रेकर्ड पनि राखेका थिए ।

प्रकाशित मिति : 12:05