१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

तपाईंको यो साताकस्ताे रहने छ ? हेर्नुहाेस् राशिफल

मेष– धन सम्पतिको कारोबार बढ्नेछ । आयश्रोतको पहिचान हुनाले व्यावसायिक काममा फाइदा मिल्नेछ । साताको मध्यमा भने स्वास्थ्यमा बाधा एवं फजुल खर्च हुनेछ । अनावश्यक विवाद बढ्ने एवं फाइदा अरुलाई जानेछ । साताको अन्त्यमा भने कार्य सुचारु हुने भाग्यले साथ दिने एवं पारिवारिक भेटघाट बढ्नेछ ।
वृष– राजनीतिक लाभ मिल्नेछ । काममा प्रशंसा मिल्नाले मन प्रशन्न रहनेछ । धन आर्जन हुने, सम्पति बढ्ने एवम कृषि चौपायाबाट लाभ मिल्नेछ । सामान्य चोटपटकको भय भने रहनेछ । साताको अन्त्यमा भने यात्रामा समस्या एवं धन हानी हुनेछ । काममा व्यवधान आउनाले अपजसको भार पर्नेछ ।

मिथुन– धार्मिक यात्रा एवं सामाजिक काममा व्यस्त भइनेछ । परोपकारमा मन जाने एवं विदेशबाट फाइदा हुनेछ । काममा राहत मिल्नाले राजनीतिक क्षेत्रमा पनि पहुँच बढ्नेछ । रोजगारीमा थप सुविधा एवं धन सम्पतिको योग देखिन्छ । सहयोगी हात मिल्नाले आम्दानी बढ्नेछ । आँटेको कुरा पुरा हुनाको साथै आकस्मिक लाभ पनि मिल्नेछ ।
कर्कट– सामान्य झमेला आउने देखिन्छ । स्वास्थ्यमा बाधा हुनाले काममा रोकावट पर्नेछ । साताको मध्यमा भने कार्यमा प्रगति देखिने एवं भाग्यले साथ दिनेछ । लामो यात्राको योग एवं विदेश सम्बन्धी काममा फाइदा मिल्नेछ । साताको अन्त्यमा प्रशंसा बढ्ने ठूलाबडा व्यक्तिसँग राम्रो सम्बन्ध बन्ने एवं पद प्रतिष्ठामा सुख बढ्ने देखिन्छ ।

सिंह– साझेदारी व्यापारमा फाइदा मिल्नेछ । दाम्पत्य मेलमिलाप हुने एवं व्यापार व्यवसाय फस्टाउनेछ । साताको मध्यमा भने बाधा व्यवधान आउने देखिन्छ । स्वास्थ्य प्रतिकुल रहनाले काम अधुरो रहनेछ । साताको अन्त्यमा भने अधुरा काम बन्ने परोपकारमा मन जाने एवं धार्मिक व्यस्तता बढ्नेछ ।

कन्या स्वास्थ्यमा सुधार आउनेछ । मुद्दा मामिलामा राहत मिल्ने एवं प्रेममा प्रगति देखिन्छ । वैवाहिक कार्यको व्यस्तता एवम व्यवसायिक यात्रा हुनेछ । साताको अन्त्यमा भने अचानक कार्यमा बाधा देखिने एवं स्वास्थ्यले साथ छोड्नेछ । फाइदा अरुलाई जानाले घाटा बेहोर्नुपर्नेछ ।

तुला–अध्ययन अध्यापनमा प्रगति देखिन्छ । विद्यामा उन्नती हुनाले वौद्धिक क्षेत्रमा प्रगति मिल्नेछ । साथी भाइसँग मित्रता बढ्ने एवम खेलकुद र कला क्षेत्रमा रुचि जानेछ । साताको अन्त्यमा भने पारिवारिक मेलमिलाप एवं प्रेमी प्रेमिका बीच सुमधुर सम्बन्ध रहनेछ । यात्राको मज्जा मिल्नेछ ।
वृश्चिक– पारिवारिक झमेला आउनेछ । मानसिक अशान्ति बढ्ने एवम जग्गा जमिन सम्बन्धि विवाद हुनेछ । बोलीको कारणले शत्रुता बढ्ने एवं धनको विषयमा विवाद हुनेछ । साताको अन्त्यमा भने मुद्दा एवं झमेलामा समझदारी हुने तथा मेलमिलापको स्थिति रहनेछ ।

धनु –छोटो यात्राको अवसर मिल्नेछ । भाइबन्धुको साथ रहने एवं काममा जिम्मेवारी थपिनेछ । साताको मध्यमा भने पारिवारिक बोझ बढ्ने एवं चिसोले स्वास्थ्य समस्या निम्त्याउनेछ । साताको अन्त्यमा सन्तानबाट खुशी बढ्ने एवं व्यापारमा प्रगति देखिने तथा संगीत एवं कलामा रुचि र प्रगति हुनेछ ।

मकर– बोलीको प्रभावले काम हात पारिनेछ । इष्टमित्रले सहयोग गर्नेछन् । धन सञ्चय बढ्नेछ । उत्साह, उमंग बढ्नाले काम छिटो सकिनेछ । साताको अन्त्यमा भने रिसको आवेग बढ्ने, अनावश्यक धन खर्च हुने तथा पारिवारिक वैमनस्यता आउनेछ ।

कुम्भ–यात्रा र मनोरञ्जनमा समय खर्च हुनेछ । साथीभाइसँग भेटघाट एवं नयाँ मित्रसँग रमाइलो हुनेछ । साताको मध्यमा भने धन वृद्धि हुने, छर छिमेकको सहयोग मिल्ने तथा वाणीले साथ दिनेछ । साताको अन्त्यमा भने स्थान परिवर्तन हुने, भाइबन्धुको सहयोग मिल्ने तथा सानो यात्राको अवसर आउनेछ ।

मीन– धन हानीको सम्भावना रहनेछ । अनावश्यक खर्च बढ्नाले पैसाको अभाव रहनेछ । साताको मध्यमा भने यात्राको अवसर मिल्ने, पारिवारिक रमाइलोमा खर्च हुने तथा वैदेशिक योग बन्नेछ । प्रशन्नता बढ्नाले काममा फाइदा हुनेछ । साताको अन्त्यमा भने सम्पतिको कारोबार बढ्ने, जग्गा जमिनबाट फाइदा मिल्ने एवं आफन्तको सहयोगले पुराना काम एवं मामिला सुल्झिनेछन् । जनता समाचारबाट

प्रकाशित मिति : 09:48