१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

श्रीमान र सासुले जिउँदै जलाएकी कञ्चन मण्डलले मृत्यु जित्न सकिनन्, भावपूर्ण श्रद्धाञ्जली

१३ बैशाख, काठमाडाैँ । श्रीमान र सासुले मट्टीतेल खन्याएर जिउँदै जलाएकी कञ्चनदेवी मण्डल खत्वेले अन्ततः मृत्यु जित्न सकिनन् । उनको उपचारको क्रममा शुक्रबार काठमाडाैँमा निधन भएको छ । घरायसी विवादमा सिरहा नगरपालिका ८ की २१ वर्षीया कञ्चनलाई उनका पति बेचन मण्डल खत्वेले अामासँग मिलेर बिहीबार मट्टितेल खन्याएर जलाएका थिए ।

आगोले कञ्चनकाे शरीरकाे ८० प्रतिशत भाग जलेकाे थियाे । कञ्चनको उपचारका क्रममा शुक्रबार पौने ६ बजे काठमाण्डाैको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो । धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानबाट रेफर गरिएकी कञ्चनलाई शुक्रबार दिउँसो सुष्मा कोइराला मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । भर्ना भएको केही घण्टापछि उनको ज्यान गएको अाफन्तले जनाएका छन ।

बिहीबार बिहान झण्डै ११ बजेको समयमा घरायसी विवादमा कञ्चनलाई जिउमा आगो लगाएर श्रीमानले जलाएका थिए । आगोले शरीरको ८० प्रतिशत भाग जलेकोले अवस्थामा गम्भीर घाइते फेला परेकी कञ्चनको तत्कालै उपचारका लागि धारान लगिएको थियो । घटनापश्चात कञ्चनका पति बेचन फरार छन् भने उनकी सासूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी बताए ।

यो पनि पढ्नुहोस्

–सिराहकी २१ वर्षीय कञ्चनलाई श्रीमान र सासुले मट्टितेल छर्केर जिउँदै जलाए, स्वास्थ्यअवस्था गम्भीर

प्रकाशित मिति : 22:36