तराई केन्द्रीत राजनीति गर्ने राजापाकाे महाधिवेशन कात्तिक अन्तिम साता हुने
१३ वेशाख, काठमाडौं । तराई केन्द्रीत राजनीति गर्दै आएकाे राष्ट्रिय जनता पार्टी (राजपा)ले महाधिवेशन गर्ने भएकाे छ । राजपाकाे पदाधिकारी बैठकले कात्तिक अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेकाे हाे । राजपाकाे अध्यक्ष मण्डलका संयाेजक शरतसिंह भण्डारीले शुक्रबार विज्ञप्ति जारी गर्दै कात्तिक अन्तिम साता महाधिवेशन गर्ने जानकारी दिएका छन ।

विज्ञप्ति अनुसार कात्तिक २८, २९ र ३० गते राजपाकाे महाधिवेशन हुनेछ । राजापाले महाधिवेशन सफल पार्न अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरकाे संयाेजकत्वमा महाधिवेशन अायाेजक समिति गठन गरेकाे छ । राजपा बैठकले गरेका अन्य निर्णयहरु तलकाे विज्ञप्तिमा पढ्न सक्नुहुन्छ ।

प्रकाशित मिति : 19:44







