८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

खुलामञ्च सरकारले खाली नगरे अनेरास्ववियुले डाेजर चलाउने, महसचिव महरले दिए यस्ताे चेतावनी

१३ बैशाख, काठमाडौँ । खुलामञ्चकाे अतिक्रमण गरि बनाएका टहरा सरकारले नहटाए अनेरास्ववियुले डाेजर चलाउने भएकाे छ । अनेरास्ववियुका महासचिव ऐन महरले सरकारले तत्काल अतिक्रमण भएकाे जग्गा खाली नगराए अाफूहरुले डाेजर चलाउने चेतावनी दिएका छन । उनले समाजिक सञ्जाल फेसबुक मार्फत यस्ताे चेतावनी दिएका हुन ।

पाँच करोड अग्रीम भुक्तानी लिएर मनोजकुमार भेटवालको स्वच्छन्द बिल्डर्सले खुलामञ्चकाे सार्वजनिक जग्गामा ४० वटा सटर निर्माण गरिसकेको छ । एउटै सटर ११ लाख रुपैयाँ सलामी लिएर बिक्री भईरहेको छ । विल्डर्सका अनुसार खुलामञ्चबाट मासिक १५ लाख भाडा संकलन हुँदै आएको छ । वार्षिक एक करोड ८१ लाख ५० हजार भाडा उठाए पनि कर भने बुझाएका छैनन् ।

यसअघि खुल्लामञ्चमा अतिक्रमण गरेर व्यवसायिक सटरहरु बनाइएको प्रकणमा काठमाडौं महानगरपालिकी उपमेयर हरिप्रभा खड्कीकाे संलग्नता देखिएकाे बारेमा मेयर विद्यासुन्दर शाक्यले जानकारी गराएका थिए । अनुगमन गरेर आवश्यक कारबाहीका लागि सिफारिस गर्न चैत २४ गतेकाे नगरसभामै उपमेयर खड्कीलाई निर्देशन दिए पनि उनले काम नगरेपछि मेयर शाक्यले खड्कीकाे शंकास्पद संलग्ताबारे पाेलखाेलेका थिए । झण्डै तीन हप्तासम्म पनि उपमेयर खड्कीले कुनै चासाे नदिएपछि मेयर शाक्यले अब प्रतिवेदन नकुरी डाेजर चलाउने घाेषणा गरेका छन ।

प्रकाशित मिति : 17:05