राष्ट्रपति भण्डारी बिआरआई बैठकमा सहभागी
–सुरेन्द्रबहादुर नेपाली
१३ वैशाख, बेइजिङ । चिनियाँ राष्ट्रपति सी चीनफिङले शुक्रबार प्रमुख मन्तव्य दिँदै अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड फोरम आरम्भ गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन समारोहमा भाग लिनुभयो ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौड्याल, नेपालका लागि चीनका राजदूत होउ याङ्ची, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधि पनि रहनुभएको थियो ।

रासस
प्रकाशित मिति : 16:12









