मनमोहन स्मृति प्रतिष्ठानले विश्वकै पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्रीलाई यसरी सम्झियो
१३ वैशाख, काठमाडाैँ । मनमोहन स्मृति प्रतिष्ठानले विश्वकै पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्रीलाई सम्झिएको छ । प्रतिष्ठानले स्वर्गीय अधिकारीको ‘२० औँ स्मृति दिवस’ मा अायोजना गरेको कार्यक्रममा नेकपाका नेताहरूले अधिकारीको कामको प्रशंशा गर्दै श्रद्धासुमन व्यक्त गरे । स्व अधिकारीको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री केपी ओलीले स्व अधिकारीले वामपन्थी पार्टी सरकारमा पुग्दा कसरी सरकार चलाउँछन् भन्ने देखाएको बताए ।

प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मीराज मानन्धरले नेपालको वाम आन्दोलनमा स्व अधिकारीको भूमिका अनुकरणीय रहेको बताए । कार्यक्रममा सहभागी पूर्वप्रधानमन्त्री झलनाथ खनाल, रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाललगायको उपस्थिति थियो । पूर्वप्रधानमन्त्री अधिकारीको विसं २०५६ वैशाख १३ गने निधन भएको थियो । प्रतिष्ठानले वर्षेनी उहाँको स्मृतिमा कार्यक्रमको आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : 13:10









