१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

इन्जिनियरहरुको माग पूरा भैसकेको छ, अब सरकारले कडा कारबाही गर्छः सिईओ ज्ञवाली

१३ वैशाख, काठमाडाैँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिईओ सुशील ज्ञवालीले प्राविधिकहरुका मागहरु पूरा भइसकेको भन्दै अराजकता कायम राखे कडा कारबाही गर्ने चेतावनी दिएका छन । गाउँमा जाँदै नजाने बल्ल तल्ल जाँदा पनि भूकम्प पीडितसँग घुस मागेर हैरान माग्ने प्राविधिकहरूले काठमाडाैँ प्रवेश गरेपछि सरकारलाइ घुर्क्याएर जहिल्यै भत्ताको विषय निकालेर राजिनामाको नाटक गरिरहेका हुन्छन । यसपटक पनि भूकम्पको चाैँथो स्मृति दिवसकै दिन इन्जिनियरहरूले सामूहिक राजिनामाको घोषणा गरे ।

उनीहरूको राजिनामाको घोषणापछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै सिईओ ज्ञवालीले माग यसअघि नै पुरा भैसकेको भन्दै कडा कारबाही गर्ने चेतावनी दिएका हुन । प्राविधिकहरूले अझै काममा जान अटेर गरे प्राधिकरणले राजिनामा स्वीकृत गर्ने संकेत गरेको छ । ज्ञवालीले भनेका छन‘ प्राविधिकहरुका मागहरु पूरा भइसकेका छन् । त्यसबारे नेपाल इन्जनियर्स एशोसियसनका पदाधिकारीहरुको उपस्थितिमा प्राविधिकहरुलाई जानकारी गराएका थियौं । पछि राजीनामा दिएको भन्ने कुरा आएको छ । अब तत्काल काममा नफर्किए कडा कदम चाल्न हामी बाध्य हुनेछौं ।’

भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउन गर्दै आएको माग नौ महिनासम्म पनि सरकारले सुनुवाई नगरेपछि ३२ जिल्लामा पुनर्निर्माणमा जुटेका इन्निनियरहरु सामूहिक राजीनामा दिन बाध्य हुनु परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हक हित संरक्षण समितिका अध्यक्ष अविनाश अमरले  बताएका छन । प्राधिकरणका इन्जिनियरहरुले विगत नौ महिनायता कटौति गरिएको भत्तालगायतका सेवा, सुविधा उपलब्ध गराउन सरकारसँग माग गर्दै आन्दोलन गर्दै आएका थिए । तर त्यसको सुनुवाई नभएपछि बाध्य भएर राजीनामा दिनु परेको समितिका अध्यक्ष अमरको भनाई छ। समितिले आफूहरुको माग सरकारले सम्बोधन गरे पुनर्निर्माणको काममा पुनः फर्कने प्रतिवद्धता पनि जनाएको छ।

प्रकाशित मिति : 12:46