ल्याण्डफिल साइट सिसडोलबाट बञ्चरेडाँडा सर्ने, १७ सय रोपनी जग्गा अधिग्रहण
१३ वैशाख, काठमाडौँ । ल्याण्डफिल साइट सिसडोलबाट बञ्चरेडाँडा सर्ने भएको छ । नुवाकोट जिल्लाको ककनी गाउँपालिकाको वडा नम्बर २ ओखरपौवामा रहेको फोहर बिसर्जन केन्द्र अब नुवाकोटकै ककनी गाउँपालिका र धादिङको धुनीवेसी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने बञ्चरे डाँडामा सार्न लागिएको हो । यसका लागि आवश्यक सबै तयारीको काम हुँदैछ ।
बिहीबार सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बञ्चरेडाँडाको ल्याण्डफिल साइटको शिलान्यास गरेका छन । ल्याण्डफिल साइटका लागि १७ सय रोपनी भन्दा बढी जग्गा अधिग्रहण भैसकेको छ भने अझै केही सय रोपनी जग्गा अधिग्रहण गर्ने तयारी रहेको छ । काठमाडौं र ललितपुर महानगरपालिकासहित काठमाडौँ उपत्यकाका १८ वटा नगरको फोहोर व्यवस्थापन हाल सिसडोलमा हुँदै आएको छ ।

तीन वर्षका लागि भनेर बनाइएको सिसोडलमा झण्डै १३ वर्षदेखि फोहर बिसर्जनको काम हुँदै आएको छ । ल्याण्डफिल साइट बनाउनका लागि काठमाडौँत्रिशुली सडकको काम जिम्मा लिएर समयमै गर्न नसकेको कोशी न्यौपाने एण्ड लुम्बनी जेभीले ठेक्का पाएको छ ।
प्रकाशित मिति : 11:46









