१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

सिराहकी २१ वर्षीय कञ्चनलाई श्रीमान र सासुले मट्टितेल छर्केर जिउँदै जलाए, स्वास्थ्यअवस्था गम्भीर

१३ वैशाख, काठमाडाैँ । सिराहमा राज्यमन्त्रीले अाफैँले खर्च गरेर बालबिबाह गरेको तीन दिन नबित्दै एक २१ वर्षीय युवतीलाई जिउँदै जलाएर हत्या गर्ने प्रयास भएको छ ।सिरहा नगरपालिका-८ की २१ वर्षीय कन्चन मण्डललाई बिहीबार पति र सासु मिलेर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेका हुन्।

कन्चनकाे शरीरकाे ५० प्रतिशत माग जलेकाे छ। जलिरहेकाे अवस्थामा देखेपछि उनलाई छिमेकीहरुले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए । अस्पतालले उपचार सम्भव नभएकाे जनाएपछि राति पाैने २ बजे उनलाई काठमाडाैं ल्याइएकाे छ ।  कन्चनकाे अहिले किर्तिपुर अस्पतालमा उपचार भइरहेकाे छ । श्रीमतीलाई जिउँदै जलाउन खाेज्ने पति बेचन मण्डल फरार भएका छन् भने कन्चनकी सासु भने पक्राउ परेकी छिन ।

प्रकाशित मिति : 09:38