काष्टमण्डप पुगेका प्रधानमन्त्री ओलीमा आश्चर्य मिश्रित खुशी, यस्तो दिए हस्तलिखित सन्देश
१२ बैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काष्टमण्डपको पुनर्निर्माणको जानकारी लिँदै आश्चर्य मिश्रित खुशी व्यक्त गरेका छन । काष्टमण्डपको अवलोकनमा पुगेका प्रधानमन्त्रीले हस्तलिखित सन्देश छाड्दै यस्तो बताएका हुन । उनले हस्तलिखित सन्देशमा यस्तो लेखेका छन ।

आज वैशाख १२ गते । २०७२ सालको विनाशकारी महाभूकम्पको चार वर्ष पूरा भएको दिन । आज भूकम्प स्मृति दिवस र पुनर्निर्माण कार्यको अवलोकनको सन्दर्भमा यस ऐतिहासिक काष्टमण्डपको पुनर्निर्माण कार्यको समेत अवलकोन गर्ने अवसर मिल्यो । पुनर्निर्माण समिति अर्थात यसको नेतृत्व र समग्र टिमको उत्साह र आत्मविश्वास हेर्दा खुशी लाग्यो । प्रगति सन्तोषजनक छ । लगभग आगामी १८ महिना जसोमा निर्माण कार्य सम्पन्न गर्ने अठोट सुन्दा खुशी लाग्यो । पाँचौँ शताब्दीका काठ आज पनि प्रयोग हुन सक्ने अवस्थामा रहेको र उपयोग भएको पाउँदा आश्चर्य मिश्रित खुशी लाग्यो । हाम्र पुर्खाहरू महान छन, हाम्रा सम्पदा अमूल्य छन । सबै मिलेर संरक्षण गरौँ । धन्यवाद ।
केपी ओली
१२ बैशाख, २०७६
प्रकाशित मिति : 19:55









