१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

नेपाली काँग्रेस राजतन्त्र फर्काउन लागिपरेकाे प्रधानमन्त्री ओलीकाे आरोप

९ बैशाख, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले नेपाली काँग्रेस राजतन्त्र फर्काउन लागिपरेकाे बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसले प्रगतिशील र वामपन्थीसँग मिलेर अघि बढ्नुको साटो प्रतिकृयावादी शक्तिहरुसँग घाँटी जोडेको आरोप लगाएका हुन् ।

पार्टी स्थापनाको ७० बर्षगाँठ मनाउन तथा पार्टी एकता प्रकृयाबारे केही निर्णय सुनाउन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काँग्रेस पार्टी प्रगतिशिल शक्ति सिध्याउन प्रतिगामी शक्तिसँग मिलेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘आज काँग्रेस कहा पुग्यो ?,’ प्रश्न गर्दै अध्यक्ष ओलीले भने, ‘काँग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउन सपना देखेको देख्दा विचित्र लाग्छ कुनै पनि लोकतन्त्रबादीले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त सही हो भनेर निवेदन हाल्दैन । जन्मसिद्ध श्रेष्ठता पशु र जीवहरुमा हुन्छ तर मान्छेमान्छेका बीचमा जन्मदै कोही ठूलो शासक र रैती जन्मने हुँदैन ।’

प्रधानमन्त्री ओलीले राष्ट्रियताका पक्षमा जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने भन्दै राष्ट्रिय एकताका पक्ष मजबुत बनाउन विभिन्न समुहहरुलाई मुल धारमा ल्याएको र पृथकतावाद समाप्त भएको बताए ।

प्रधानमन्त्री ओलीले नेकपा र आर्थिक उन्नतीका सवालमा सुरुदेखि नै अंगिकार गरेपनि विभिन्न स्वाथृका कारण विभाजन र टुटफुट हुदै आए । जनताको जनवाद अहिले आएको भन्दै उनले यो राजनीतिक अधिकारसँगमात्रै सिमित नभएको बताए ।

प्रकाशित मिति : April 22, 2019 at 3:27 pm