अबकाे एक वर्षभित्रमा महाधिवेशन गर्छौं : अध्यक्ष प्रचण्ड
९ वैशाख, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले अबकाे एक वर्षभित्रमा पार्टीको महाधिवेशन गर्ने बताएका छन् ।
सोमबार नेकपा पार्टी स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई राजधानीमा सम्बोधन गर्दै प्रचण्डले ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै कमिटीको सम्मेलन सकिने र एक वर्षभित्र महाधिवेशन गर्ने बताए ।

जिल्ला कमिटीको अध्यक्ष र सचिव टुंगो लागेसँगै पार्टी एकताकाे काम टुंगिएको बताउँदै अध्यक्ष प्रचण्डले पार्टीलाई तलसम्म गतिशील बनाउनुपर्ने बताए ।
अध्यक्ष प्रचण्ड पार्टीका अधिवेशनलाई भ्रष्टाचार, ढिलासुस्ती, बेइमानी, जालझेलका विरुद्ध अभियानको रुपमा लैजाने पनि बताए ।
यो पनि पढ्नुहोस्
पार्टी एकताको अन्तिम फलामे ढोका फोरिदिएका छौँः अध्यक्ष प्रचण्ड
प्रकाशित मिति : 14:55









