पार्टी एकताको अन्तिम फलामे ढोका फोरिदिएका छौँः अध्यक्ष प्रचण्ड
९ वैशाख, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको अन्तिम फलामे ढोका फोरेको बताएका छन् । सोमबार नेकपा पार्टी स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई राजधानीमा सम्बोधन गर्दै प्रचण्डले नेकपाका जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाउनु नै पार्टी एकताको फलामे ढोका फोरिनु भएकाे उल्लेख गरेका हुन् ।

अध्यक्ष प्रचण्डले देशी विदेशी शक्तिहरुको अवरोधका बीच पार्टी एकता भएको भन्दै त्यो नेपाली जनतासँग भएको प्रतिबद्धता र संकल्प अनुसार भएको बताए ।
उनले गत वर्षको जेठ १ गते पार्टी एकता गरेर कम्युनिष्टहरुले जे भन्छन्, अन्तत त्यही गर्छन् भन्ने उदाहरण पेश गरेको पनि बताए ।
उनले अहिले फेरि एकतामा ढिलाइ भएको भएपनि लक्ष्यमा पुगिछाड्ने प्रतिबद्धता समेत जनाए ।
प्रकाशित मिति : 14:24







