नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिवको नाम सार्वजनिक (सूचिसहित)
९ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ७७ वटै जिल्ला कमिटी अध्यक्ष र सचिवको नाम सार्वजनिक भएको छ । नेकपा सचिवालयको आइतवार बसेको बैठकले अध्यक्ष र सचिवको नाम टुंगो लगाएको थियो । प्रज्ञा भवनमा सोमवार आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष र सचिवको नामावली सार्वजनिक गरिएको छ ।

जिल्ला अध्यक्ष र सचिवको चयन गर्दा एउटा स्टाण्डर्ड मापदण्ड बनाएर कार्यान्वयन गरिएको छ । जसमा भागवण्डा गर्दा पूर्वएमालेले अध्यक्ष पाएको जिल्लामा तत्कालीन एमालेको अध्यक्ष जनप्रतिनिधि भएको भएपनि उनलाई नै एकीकृत पार्टीको जिल्ला अध्यक्ष बनाइएको छ । सचिव पाएको जिल्लामा पनि तत्कालीन एमालेको अध्यक्ष जिल्ला सचिव हुने बनाइएको छ । यसअघि प्रदेश कमिटीको बैठकले कुन जिल्लामा कुन पार्टीलाइ भन्ने गरेको सहमतिको मुल भावना अनुसार अध्यक्ष र सचिव छानिएको महासचिव विष्णु पाैडेलले बताएका छन ।

प्रकाशित मिति : 13:52









