नेकपाको स्थापना दिवसः ओलीर प्रचण्ड अझै प्रज्ञा भवन पुगेनन्, कर्यकर्तालाई नाम सुन्ने हतार
९ वैशाख, काठमाडाैँ । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७० वर्ष पूरा भएको उपलक्षयमा नेकपाले ७७ जिल्लाको अध्यक्ष र सचिवको नाम घोषणा गर्ने भनेपछि नेता र कार्यकर्ताले प्रज्ञा भवनको हल भरिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले भने ७७ वटै जिल्लाको अध्यक्ष र सचिवको नाम घोषणा गरेर मनाउँदै छ ।

तर १२ बजे भनेको कार्यक्रममा यतिखेरसम्म प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा अोली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पाैडेल अहिलेसम्म कार्यक्रम स्थलमा पुगेका छैनन । पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री इश्वर पोखरेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा बादल लगायत भने मञ्चमा पुगेर बसिरहेका छन ।

प्रकाशित मिति : 13:29









