२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

बोक्सी आरोपमा राधालाई कुटपिट गर्ने कथित भोलेबाबासहित ६ जना कारागार चलान

२० चैत, धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा राधा चौधरीलाई निर्घात कुटपिट गर्ने कथिल भोलेबाबासहित ६ जनालाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्ला अदालत कैलालीको आदेशमा भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई साथ दिने भनिएका किस्मती चौधरी, स्मारिका चौधरी, वेदप्रसाद चौधरी, चनकला चौधरी र सीतारानी चौधरीलाई कारागार चलान गरिएको हो ।

पीडित राधा भने सेती अञ्चल अस्पतालमा स्वास्थ्योपचारपछि केही दिनअघि घर फर्किएकी छिन । घोडाघोडी—५ मा राधा चौधरीमाथि बोक्सी आरोपमा २४ फागुनमा निर्घात कुटपिट भएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार १४:३९