२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

करेन्ट लागेर धनकुटामा दुई जनाको मृत्यु

२० चैत, धनकुटा । धनकुटाको हिले बजारमा घर निर्माण गर्दै गरेका अवस्थामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सोमबार साँझ ५ बजेतिर धनकुटा नगरपालिका–१ हिले बजारमा घर निर्माण गर्ने क्रममा घरधनी ३४ वर्षीय गोपाल बुढाथोकी र कामदार ४५ वर्षीय मिङ्मा शेर्पाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

छत ढलानका लागि फलामे रड बिच्छाउने क्रममा ३३ केभी हाइटेन्सन लाइनमा छोएपछि गम्भीर घाइते भएका दुवैको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानाकारी दिए ।

प्रकाशित मिति : April 3, 2018 at 5:39 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/