२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

इटालियन सिरी ‘ए’ फुटबलः एसी मिलानलाई २-१ ले हराउँदै युभेन्टस सात खेलअघि नै उपाधि नजिक

२४ चैत, काठमाडाैँ । इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गर्दै युभेन्टस उपाधि नजिक पुगेको छ । शनिबार राति भएको खेलमा युभेन्टसलाई जिताउन पाउल डिबला र मोइस किनले गोल गरे । एसी मिलानका लागि क्रिजेस्टोफ पियटकले गोल फर्काएका थिए ।

३९ औं मिनेटमा पियटकले गोल गर्दै एसी मिलानलाई १-० गोलको अग्रता दिलाएका थिए । उनकै गोलमा एसी मिलानले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो । खेलको ६० औं मिनेटमा डिबलाले पेनाल्टीबाट गोल गर्दै युभेन्टसलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

८४ औं मिनेटमा मोइसले गोल गरेपछि युभेन्टसले २-१ गोलको अग्रता बनाएको थियो । बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि युभेन्टसले जित हात पारेको हो । यो जितपछि युभेन्टसको ३१ खेलबाट ८४ अंक भएको छ । पराजित एसी मिलानको भने समान खेलबाट ५२ अंक छ ।

सात खेलअघि नै उपाधि नजिक पुगेको युभेन्ट्सले आइतबार राति नापोली र जेनोआबीचको खेल नतिजा भने कुर्नुपर्ने छ । सो खेलमा दोस्रो स्थानको नापोली जेनोआसँग पराजित भएमा युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबल च्याम्पियन बन्ने छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आईतवार ०७:४८