१५ पुष २०८१, सोमबार | Tue Dec 31 2024

युवाका लागि खुशीको खबरः अब पशुपति, स्वयम्भु, बालाजु र शंखपार्क ‘वाइफाइ फ्रि जोन’

१८ चैत, काठमाडौं । काठमाडौँ महानगरपालिकाले मोवाइल प्रयोगकर्ताको हितलाई ध्यानमा राख्दै केही महत्वपूर्ण स्थल र पार्कलाई ‘वाइफाइ फ्रि जोन’ बनाउने भएको छ ।

काठमाडौँ महानगरपालिकाले विभिन्न महत्वपूर्ण सार्वजनिक स्थानमा फ्रि वाइफाइ सेवा दिने तयारी गरेको छ । वर्ल्ड लिंक कम्युनिकेशनसँगको सहकार्यमा काठमाडौँ महानगरपालिकाले यस्तो सुविधा दिन लागेको हो ।

wi

महानगर र वल्र्ड लिंकबीच हनुमानढोका दरबार क्षेत्र, पशुपतिनाथ क्षेत्र, स्वयम्भु, बालाजु र शंखपार्कमा निःशुल्क वाइफाइ सेवा सुरु गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वर्ल्ड लिकंंका निर्देशक विजयकुमार जलानले हस्ताक्षर गरेका छन । सम्झौता अनुसार वल्र्ड लिंकले २ महिनाभित्र तोकिएका स्थानमा निःशुल्क वाइफाइ जडान गर्ने गर्नेछ ।

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार ०६:४०