३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

भ्रष्टाचार विरोधी अभियन्ता जुजाना कापुटोवा स्लोभाकियाको राष्ट्रपतिमा निर्वाचित

१७ चैत, काठमाडाैँ । भ्रष्टाचार विरोधी अभियन्ता जुजाना कापुटोवा राष्ट्रपति निर्वाचित भएकी छन । उनी स्लोभाकियाकी पहिलो महिला राष्ट्रपति निर्वाचित भएको बीबीसीले जनाएको छ। जुजानासँग राजनीतिको अनुभव भने छैन । उनले राजनीतिक दलका शीर्ष नेता मार्कोस सेफ्कोविक लाई पराजित गरिन ।

जुजानाले राष्ट्रपति निर्वाचनका क्रममा यो निर्वाचन सही र गलतबीचको भएको बताउँदै आएकी थिइन। राष्ट्रपति निर्वाचनमा जुजानाले ५८ प्रतिशत र उनका प्रतिद्वन्दी ले ४२ प्रतिशत मत प्राप्त गरेका थिए। जुजाना पेशाले वकील हुन। ४२ वर्षीया उनका दुई सन्तान छन। उनी प्रोग्रेसिव स्लोभाकिया पार्टीकी सदस्य हुन। उनको पार्टीबाट संसदमा एउटा पनि सांसद छैनन।

प्रकाशित मिति : 00:28