११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

मेक्सिकोको ओसाका क्षेत्रमा ७.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प


५ फागुन, काठमाडौँ । मेक्सिकोमा फेरि शक्तिशाली भूकम्प गएको छ । ओसाका क्षेत्रमा ७ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पको धक्का २२५ माइल टाढासम्म महसुस गरिएको थियो । करिब २ मिनेटसम्म हल्लाएको स्थानीयले बताएका छन् । भूकम्पलाई शताव्दीयताकै शक्तिशाली मानिएको अधिकारीहरुले बताएका छन । भूकम्पले भवनहरु भत्किएका छन् । हजारौं मानिसहरु घर बाहिर निस्किएका छन् । भूकम्पबाट भएको मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । गत १९ सेप्टेम्बरमा पनि यही क्षेत्रमा भूकम्प जाँदा ३ सय जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७४, शनिबार ०९:२७