४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पार्टी एकीकरणको काम छिट्टैः उपाध्यक्ष रावल

१७ चैत, कञ्चपुर । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले एमाले र नेकपा (माओवादी केन्द्र)का बीचमा पार्टी एकीकरणको काम छिट्टै हुने बताएका छन ।

शनिबार धनगढी विमानस्थलमा प्रेस चाैतारी नेपालले अायोजना गरेको पत्रकार भेटभाट कार्यक्रममा राजनीतिक प्रतिवेदन कार्यदलको सदस्यसमेत रहेकाक उपाध्यक्ष रावलले राजनीतिक प्रतिवेदनको मस्यौदालाई तयार गरिसकेको र त्यसलाई लगभग अन्तिम रुप दिइसकेकाे बताए । उनले अन्तरिम विधान निर्माणको कामलाई पनि लगभग सम्पन्न गरिसकेको बताए ।

उपाध्यक्ष रावलले राजनीतिक दस्तावेजलाई अन्तिम रुप दिन अलिकति विलम्ब भएका कारण पार्टी एकीकरणको काम प्रधानमन्त्रीको भारत भ्रमणभन्दा पछि हुने अवस्था देखिएको बताए ।

पार्टी एकीकरणको मार्गमा कुनै किसिमको अवरोध नभएको पनि उनले स्पष्ट पारे । उपाध्यक्ष रावलले वर्तमान सरकार राष्ट्रिय एकताका साथ जनताको इच्छा, आकाङ्क्षाअनुसार जनताले निर्वाचनमा अभिव्यक्त गरेको ताजा परिणामबमोजिम अगाडि बढ्न कटिबद्ध रहेको बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७४, शनिबार १९:४७