२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

जनप्रतिनिधिको चेतावनीपछि ‘त्रिशुली सफा छ’ भन्ने सन्देश दिने कार्यक्रम स्थगित

–विवेक अर्याल
१७ चैत, धादिङ । जनप्रतिनिधिको दवावका कारण आज शनिबार हुने भनिएको त्रिशुलीनदी ¥याफ्टिङ महोत्सव स्थिगित भएको छ । त्रिशुली वचाउ महा अभियानले धादिङको मलेखुमा पत्रकार सम्मेलन गर्दैे जनप्रतिनिधिको दवाव र ¥याफ्टिङ व्यवसायीको असहयोगका कारण आज हुने भनिएको ¥याफ्टिङ महोत्सव स्थिगित भएको छ । पत्रकार सम्मेलनमा वोल्दै त्रिशुलीवचाउ महामभियानका संयोजक श्रवण कुमार त्रिपाठीले जनप्रतिनिधिहरुको व्यापक दवाव र असहयोगको कारण ¥याफ्टिङ महोत्सव स्थिगित भएको वताउनुभयो ।

उहाले भन्नुभयो “विगत लामो समयदेखि त्रिशुलीवचाउ महाअभियानको आवाज र जनप्रतिनिधिहरुको कार्यान्वयनका कारण पछिल्लो समय त्रिशुलीनदि सफा र स्वच्छ वगेको र त्यसको सन्देश दिनका लागी र अव त्रिशुलीनदी धमिलो नहोस भन्नका लागी ¥याफ्टिङमै राष्ट्रिय स्तरका कलाकारहरुद्धारा लोक दोहोरी प्रतियोगिता, खैचडी भजन लगायतको कार्यक्रम सहितको महोत्सव आयोजनाको तयारी पुरा भईसके पस्चात केहि जनप्रतिनिधिहरुले ¥याफ्टिङ संचालक, व्यवसायी र ¥याफ्टिङ एसोसियसन्हरुलाई समेत त्रिशुलीवचाउ महाअभियानको कुनैपनि कार्यक्रममा डुगां पठाएमा जस्तो सुकै कारवाहि हुने धम्की दिएका कारण ¥याफ्टिङ महोत्सव स्थिगित गर्नुपरेको हो । ”

केहि जनप्रतिनिधिहरुको धम्कीले गर्दा ¥याफ्टिङ संचालक र व्यवसायी हरुले समेत बाध्यताका कारण अभियानलाई असफल तुल्याउन सड्यन्त्र गरेको ठहर गर्दै उक्त कार्यप्रति त्रिशुलीवचाउ महाअभियानको गम्भिर विरोध समेत जनाएको छ । त्रिशुलीवचाउ महा अभियानले करिव १ हप्ता अघिनै ¥याफ्टिङ व्यवसायीहरुलाई महोत्सवको लागी गजरुी गाउं पालिका स्थित गलौंदी देखि वेनिघाट रोराङ गाउं पालिकाको सितल वजारसम्म ¥याफ्टिङका लागी करिव ३० वटा डुगांको लागी अग्रिम रु ५० हजार भुक्तानी गरिसकेको थियो । तर अन्तिम समयमा जनप्रतिनिधिहरुको धम्कीकै कारण ¥याफ्टिङ व्यवसायीहरुले समेत आफुहरुमाथी कुठाराघात गरेको त्रिशुलीवचाउ महा अभियानका अभियन्ताहरुको ठहर छ ।

यस विषयमा त्रिशुलीवचाउ महा अभियानले एसोसियसन् अफ ¥याफ्टिङ एजेन्सी नेपाल नाराका अध्यक्ष निम वहादुर मगर समेतलाई जानकारी गराएको अभियानले जनाएको छ । भोलीको ¥याफ्टिङ महोत्सवका लागी आन्तरिक र वाह्य गरी करिव २ सय जनाले टिकट समेत खरिद गरिसकेका थिय । त्रिशुलीवचाउ महा अभियानको व्यापक दवाव पस्चात जिल्ला प्रशाशन धादिङले जिल्लाका अधिकांश क्रसर तथा वालुवा धुने फिरफिरे उद्योगहरु मापदण्ड विपरित संचालन भएको भन्दै एक महिना अघि सबै उद्योगको विद्युत लाइन काटिए पस्चात त्रिशुलीनदिमा ह्वाईट वाटर वग्न थालेको थियो ।

तर गत चैत्र ६ गते जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा त्रिशुली नदीको १ सय मिटर भित्र र राजमार्ग आसपासमा क्रसर उद्योग र बालुवा प्रशोधन गर्ने फिरफिरे उद्योग सञ्चालनका लागि नयाँ मापदण्ड समेत तय गरिएको थियो ।

प्रकाशित मिति : March 31, 2018 at 3:06 pm