१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

प्रतिनिभिसभा बैठकमा सांसदको दुखेसो मन्त्रीहरुले माग्नेको व्यवहार गर्छन

१६ चैत, काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदले आफ्नो क्षेत्र र जिल्लाको समस्याका विषय उठाउन थालेका छन । शुक्रबारको बैठकमा शून्य समय र विशेष समयमा सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रको समस्याको बारेमा संसदको ध्यानाकर्षण गराए ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित जुम्लाका सांसद गजेन्द्रबहादुर महतले सिंहदरबामा मन्त्रीलाई भेट्न जाँदा माग्नेको व्यवहार गरेको गुनासो गरे । उनले भने ‘जिल्लामा धेरै बाचा गरेर आएको तर यहाँ मन्त्रीलाई भेट्न जाँदा माग्न आएजस्तो गर्छन् ।’

सांसद महतले जुम्लामा अनेक किसिमका अप्ठ्यारा समस्या रहेको बताउँदै त्यसको समाधानका लागि पहल गर्न भूमिका नै प्रष्ट नभएको बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार १५:४७