१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

एमाले नेता गोविन्द थापाको रक्सी उद्योगमा अन्तःशुल्कको नक्कली स्टिकर

१६ चैत, झापा । नेकपा एमालेका नेता युवा संघका केन्द्रीय उपाध्यक्ष गोविन्द थापाले सञ्चालन गरेको रक्सी उद्योगमै अन्तःशुल्कको नक्कली स्टिकर लगाएको पुष्टि भएको छ । आन्तरिक राजश्व अनुसन्धान विभागले छापा मारेर अनुसन्धान गर्दा थापाले चलाएको विनर्स लिकर्सले अन्तःशुल्कको नक्कली स्टिकर लगाएको पुष्टि भएको हो ।

नक्कली स्टिकर प्रयोग भएको पुष्टि भएपछि विभागले कारबाहीका लागि झापाको आन्तरिक राजस्व कार्यालयलाई निर्देशनसहित पत्रसमेत पठाएको छ । कार्यालय प्रमुख बोलराज आचार्यले विभागको पत्र पाएको स्वीकार गर्दै नक्कली स्टिकर प्रयोग गर्ने उद्योगलाई अन्तःशुल्क ऐनअनुसार कारबाही गरिने बताएको छ ।

आन्तरिक राजस्व कार्यालय झापाले चैतको ५ गते गौरादह नगरपालिकामा सञ्चालित विनर्स लिकर्स प्रा.लि.को उत्पादन बन्द गरेर कार्यालय, गोदाम, कारखाना लगायतमा शिलबन्दी गरेको थियो । गोविन्दले दाजु वुद्धिमानसँग मिलेर झापाको गौरादह नगरपालिकामा यो मदिरा उद्योग स्थापना गरेका हुन् ।

झापामा प्रधानमन्त्री केपी शर्मा ओलीका अत्यन्त निकट र जिल्ला स्तरीय किचन क्याबिनेटका सदस्य मानिने गोविन्द चीनको सहयोगमा दमकमा निर्माण गर्न लागिएको दमक औद्योगिक पार्कका अध्यक्ष पनि हुन् ।

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार १५:२०