प्रदेश ३ का मन्त्रीहरुको सेवा सुविधामा सैद्धान्तिक सहमति
१६ चैत, मकवानपुर । मकवानपुरको हेटौंडामा आज बसेको आज बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश ३ का मन्त्रीहरुको सेवा सुविधामा सैद्धान्तिक सहमति को मन्त्रीहरुको सेवा सुविधाको विषयमा सैद्धान्तिक सहमति गरेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेकोे बैठकले मन्त्रीहरुको सेवा सुविधाको सैद्धान्तिक सहमति र गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि गरी जम्मा दुईवटा निर्णय गरेको छ ।
बैठकले प्रदेशसभाको बैठकमा पेश गर्नका लागि गाउँसभा र नगरसभा सञ्चालन गर्नका लागि कार्यविधि तयार गरेको सरकारको प्रवक्ताको जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।
स्थानीय जनप्रतिनिधिको सेवा सुविधा फेरबदल हुन सक्ने बताउँदै ढुंगेलले स्थानीय तहका कार्यपालिका र जिल्ला समन्वय समितिका सदस्यहरुले माग गरेको सेवा सुविधाको सम्बन्धमा पनि मन्त्रिपरिषमा छलफल जानकारी दिए ।
प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार १२:१३