सानिमा बैंकका दुई कर्मचारी थापा र ढकालको बढुवा
१३ मंसिर, काठमाडौं । सानिमा बैंकले दुई वरिष्ठ कर्मचारीको बढुवा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले सर्जु कुमार थापालाई सहायक प्रमुख कार्यकारी अधिकृतबाट नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो ।
त्यसैगरी, निरज ढकाललाई सहायक महाप्रबन्धकबाट सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिएको छ । थापाले सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकिङ क्षेत्रमा काम गरेका थिए । त्यसपछि माछापुच्छ्रे बैंकमा करिब १० वर्ष सेवा गरेका उनी पछिल्लो दुई वर्षदेखि पुनः सानिमा बैंकमा कार्यरत छन् । त्यस्तै, ढकाल सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा आबद्ध रहँदै आएका छन् ।
प्रकाशित मिति : November 29, 2026 at 10:44 am














