१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

सिद्धार्थ बैंकद्वारा नागढुंगा-सिस्नेखोला सुरुङमार्गका लागि एन-ट्याग सेवा सञ्चालनमा

https://www.muktinathbank.com.np/online/loan-application

११ मंसिर, काठमाडौं । सिद्धार्थ बैंकले सडक बोर्ड नेपालको सहकार्यमा नागढुंगा–सिस्नेखोला सुरुङमार्गका लागि एन–ट्याग सेवा सञ्चालनमा ल्याएको छ । यो सेवामार्फत निजी तथा व्यावसायिक चारपाङ्ग्रे सवारीसाधनले टोल बुथमा नरोकिई स्वतः टोल शुल्क भुक्तानी गर्न सक्नेछन् ।

सवारीसाधनको अगाडिको सिसामा टाँसिने विद्युतीय स्टिकरमार्फत टोल शुल्क कट्टा हुने व्यवस्था गरिएको छ । यसले टोल बुथमा लामो समय कुर्नुपर्ने झन्झट हटाउनुका साथै समय र इन्धन बचत गर्ने बैंकले जनाएको छ । एन–ट्याग लिन सेवाग्राहीले सडक बोर्ड नेपालको वेबसाइटमा अनलाइन आवेदन दिएर नजिकैको सिद्धार्थ बैंक शाखाबाट स्टिकर लिन सक्नेछन् । बैंकबाट स्टिकर लिएपछि पुनः पोर्टलमा गएर सक्रिय गर्नुपर्नेछ ।

एन–ट्यागमा रकम थप्न सिद्धार्थ बैंकको मोबाइल बैंकिङ सेवा ‘बैंकस्मार्ट एक्सपी’ प्रयोग गर्न सकिनेछ । त्यस्तै, सडक बोर्ड नेपालको मोबाइल एप तथा पोर्टलबाट मौज्दात र कारोबार विवरण हेर्न सकिनेछ । एउटा एन–ट्याग एउटा सवारीसाधनका लागि मात्र प्रयोग गर्न मिल्नेछ । टोल लेन प्रयोग गर्नुअघि ट्यागमा पर्याप्त रकम राख्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : November 27, 2026 at 12:47 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/