१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

सात निर्माण कम्पनी कालोसूचीमा, दुई वर्षसम्म ठेक्कामा सहभागी हुन रोक

https://www.muktinathbank.com.np/online/loan-application

११ मंसिर, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा सातवटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले शुक्रबार सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको जनाएको हो।

कार्यालयका अनुसार कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्। कालोसूचीमा पर्नेमा बीएमआर कन्स्ट्रक्सन, हेभन–निसान जे.भी, नबिता एण्ड लोप्चन कन्स्ट्रक्सन प्रा.लि., आर.यु.पि.एस. कन्सक्ट्रक्सन प्रा.लि, बाल्ट्रा पेट्रोकेमिकल प्रा.लि., सीआईपीईएल–शैलुङ जेभी र संखुवासभाको जी.बी. मेटल क्राफ्ट इन्डस्ट्रिज एण्ड सप्लायर्स प्रालि रहेका छन्।

यीमध्ये बीएमआर कन्स्ट्रक्सनलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। हेभन–निसान जे.भी, नबिता एण्ड लोप्चन कन्स्ट्रक्सन प्रालि, आर.यु.पि.एस. कन्सक्ट्रक्सन प्रालि र बाल्ट्रा पेट्रोकेमिकल प्रालिलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ। त्यस्तै, सीआईपीईएल–शैलुङ जेभी र जी.बी. मेटल क्राफ्ट इन्डस्ट्रिज एण्ड सप्लायर्स प्रालिलाई दुई वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।

प्रकाशित मिति : November 27, 2026 at 12:42 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/