लाभांश प्रस्तावसहित भगवति हाइड्रोपावरले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?
१३ मंसिर, काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित साधारण सभा बाेलाएकाे छ । कम्पनीले पुस १४ गते आव्या क्लब, घारीपाटन, पोखरामा २६ औँ वार्षिक साधारण सभा बाेलाएकाे हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले कम्पनीको जारी पूँजी वृद्धि गर्ने, सो अनुसार कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने सम्बन्धि कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, दुई जना सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रकाशित मिति : November 29, 2026 at 10:09 am














