स्वरोजगार लघुवित्तको सेयर बिक्रिमा, सर्वसाधारणले पनि किन्न पाउने
१० मंसिर, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। संस्थाले संस्थापक सेयरधनी सुचित्रा पन्त शाहको स्वामित्वमा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो।

संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने कानुनी व्यवस्थाअनुसार संस्थाले यसअघि ३५ दिनको समय दिएर सेयर खरिदका लागि सूचना जारी गरेको थियो। तर, उक्त अवधिमा संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि कुनै आवेदन नपरेपछि संस्थाले सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको हो। संस्थाले सेयर खरिद गर्न इच्छुक सर्वसाधारणलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी लिखित आवेदन पेस गर्न आग्रह गरेको छ।
प्रकाशित मिति : November 26, 2026 at 3:03 pm














