११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

सीजी मोटर्स सबैभन्दा धेरै कर तिर्ने कम्पनीका रूपमा सम्मानित

https://www.muktinathbank.com.np/online/loan-application

१० मंसिर, काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटर्स आर्थिक वर्ष २०८१/८२ मा ललितपुर आन्तरिक राजस्व कार्यालयमा सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व कार्यालय, ललितपुरमा दर्ता भएका करदातामध्ये सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रुपमा सीजी मोटर्स सम्मानित भएको हो । आन्तरिक राजस्व कार्यालय, ललितपुर-१ का प्रमुख कर अधिकृत शिव कुमार राईले एक कार्यक्रमबीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई उक्त सम्मानपत्र प्रदान गरेका हुन् ।

सम्मानपत्र ग्रहण गर्दै सीजी मोटर्सका अध्यक्ष चौधरीले यसलाई कम्पनीको व्यावसायिक उत्तरदायित्व र राष्ट्रको आर्थिक विकासप्रतिको प्रतिबद्धताको सम्मानका रूपमा लिएको बताए । ‘कर राष्ट्र निर्माणको महत्वपूर्ण आधार हो । व्यवसायको सफलता केवल व्यावसायिक विस्तार र मुनाफामा मात्र सीमित हुँदैन, राज्यप्रतिको दायित्व इमानदारीपूर्वक निर्वाह गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । सीजी मोटर्सलाई प्राप्त यो सम्मानले हामीलाई अझ जिम्मेवार र उत्तरदायी भएर अघि बढ्न प्रेरित गरेको छ,’ उनले भने ।

सीजी मोटर्सले नेपालमा विद्युतीय तथा अन्य सवारीसाधनको बिक्री, वितरण र बजारीकरण गर्दै आएको छ । कम्पनीले विश्वप्रसिद्ध अटोमोबाइल ब्रान्डका अत्याधुनिक सवारीसाधन नेपाली बजारमा भित्र्याउँदै नेपालको अटोमोबाइल क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ ।

मंसिर १ गते राष्ट्रिय कर दिवस २०८३ को अवसरमा चौधरी ग्रुपअन्तर्गतको अर्को कम्पनी सीजी इम्पेक्स नेपालमै वस्तु व्यापार कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा आन्तरिक राजस्व विभागबाट सम्मानित भएको थियो । त्यसैगरी, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी अध्यक्ष रहेको नबिल बैंक पनि बैंक तथा वित्तीय संस्थाहरुमध्य सर्वाधिक कर दाखिला गर्ने संस्थाका रुपमा समानित भएको थियो ।

प्रकाशित मिति : November 26, 2026 at 1:38 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/