१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको विवरण निर्वाचन आयोगमा अद्यावधिक

https://www.muktinathbank.com.np/online/loan-application

९ मंसिर, काठमाडौँ । लामो समय होल्ड गरेर निर्वाचन आयोगले नेपाली कांग्रेसको १५ औं महाधिवेशनको विवरण अद्यावधिक गरेको छ । विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएको विवरण समयमै अद्यावधिक गरेको आयोगले नियमित महाधिवेशनबाट गगन सभापतिमा निर्वाचित भएको विवरण अद्यावधिक गर्न भने आलटाल गरिरहेको थियो ।

नेपाली कांग्रेसको कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय भइसकेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पुष्टि गरेका छन । प्रमुख निर्वाचन आयुक्त बाहेकले समयमै हस्ताक्षर गरे पनि प्रमुख आयुक्तले निर्णयहमा हस्ताक्षर गर्न समय लगाएका थिए । कात्तिक १६ गते महामन्त्री प्रदीप पौडेलसहितका नेताहरू पुगेर अद्यावधिकका लागि निवेदन दिएका थिए ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलले पदाधिकारी हेरफेर गरे त्यसको जानकारी आयोगमा दिनुपर्ने व्यवस्था छ। कांग्रेसले असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन सम्पन्न गरेको थियो ।

प्रकाशित मिति : November 25, 2026 at 3:14 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/