दोस्रो बढी आयकर दाखिला गर्ने पी.के. निर्माण सेवा सम्मानित
८ मंसिर, दाङ । आर्थिक वर्ष २०८१/०८२ मा दोस्रो बढी आयकर दाखिला गर्ने पी.के. निर्माण सेवा प्रा.लि. सम्मानित भएको छ। आन्तरिक राजस्व कार्यालय तुलसीपुर, दाङले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा कम्पनीलाई सम्मानपत्र प्रदान गरेको हो । सम्मानपत्र अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रकाश विश्वकर्माले ग्रहण गरेका छन ।
कार्यालयको कार्यक्षेत्रअन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को आय विवरणअनुसार दोस्रो बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै कम्पनीलाई कदरस्वरूप सम्मान गरिएको सम्मानपत्रमा उल्लेख छ।

घोराही–१५, दाङमा रहेको पी.के. निर्माण सेवा प्रा.लि.ले कर दाखिलामार्फत राज्यको राजस्व संकलनमा योगदान पुर्याउँदै आएको छ । सम्मानपत्रमा प्रमुख कर अधिकृत लालप्रसाद शर्मा पौडेल, प्रमुख जिल्ला अधिकारी (प्रमुख अतिथि) शिरचल राज पाण्डे तथा महानिर्देशक डा. भीष्मकुमार भुसालको हस्ताक्षर रहेको छ।
उक्त सम्मानपत्र २०८३ साल मंसिर ७ गते प्रदान गरिएको हो।
प्रकाशित मिति : November 24, 2026 at 6:03 pm













