नेपाल र भारतका प्रधानमन्त्रीले गरे ५ परियोजनाको शिलान्यास र उद्घाटन
७ मंसिर, काठमाडौं । नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ५ परियोजनाको उद्घाटन तथा शिलान्यास गरेका छन् ।
सोमबार नयाँ दिल्लीमा दुवै देशका प्रधानमन्त्रीले स्वीच थिचेर भारतीय सहयोग रहेको २ परियोजना उद्घाटन र तीनवटाको शिलान्यास गरेका छन् ।
जसमा भारतको धार्चुलाबाट नेपालको दार्चुलालाई जोड्ने मोटरेबल पुलको उद्घाटन भएको छ । सोक्रममा मोतीहारी-अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरणको परियोजना उद्घाटन गरिएको छ ।
बनबासा नाकामा एकतर्फि जाँच चौकी, झापाको चारआलीमा बन्न लागेको ग्यास पाइपलाइन र ६६९ मेगावाटको तल्लो अरुण आयोजना निर्माणको शिलान्यास गरिएको छ ।
प्रकाशित मिति : November 23, 2026 at 2:29 pm













