सुनसरीमा गुडिरहेको कारमा आगलागी
७ मंसिर, काठमाडौं । सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको कारमा अचानक आगलागी भएको छ । पाँच जना सवार उक्त पेट्रोल कारमा सोमबार बिहान विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ ।

आगो तीव्र रूपमा फैलिँदा कार पूर्ण रूपमा जलेर ध्वस्त भएको छ । गाडी ध्वस्त भएपनि कारमा सवार पाँच जना सकुशल छन् ।
प्रकाशित मिति : November 23, 2026 at 12:58 pm













