८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

नेपाल–भारतबिच प्रतिनिधिमण्डलस्तरीय बैठक जारी

https://www.muktinathbank.com.np/online/loan-application

७ मंसिर, काठमाडौं । नेपाल–भारतबिच प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ । नयाँ दिल्लीको हैदराबाद हाउसमा केहीबेरबाट बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री बालेन शाह, समकक्षी नरेन्द्र मोदी लगायत दुवै देशका उच्च पदस्थ प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा.निश्चलनाथ पाण्डे सहभागी छन् ।

भारतीय पक्षबाट विदेशमन्त्री डा.एस जयशंकर, प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसहित उच्च सरकारी अधिकारी सहभागी छन् ।

प्रकाशित मिति : November 23, 2026 at 12:20 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/