८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

चम्पादेवी दर्शन गर्न जाँदै गरेको जिप दुर्घटना

https://www.muktinathbank.com.np/online/loan-application

७ मंसिर, काठमाडौं । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ खनेखर्कमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । प्रहरीका अनुसार निशंखे–ओखलढुंगा भित्री कच्ची सडकखण्डमा आज बिहान सवा ७ बजे निशंखेबाट सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १–०७–००१ ज ०००५ नम्बरको जिप सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटना मा घाइते हुनेमा सिद्धिचरण नगरपालिका–२ का ३४ वर्षीय सरोज आचार्य, सोही ठाउँ बस्ने २४ वर्षीया मिरा सार्की, उनका १ वर्षीय छोरा रोयन मंग्राती, २९ वर्षीय सबिन आचार्य, ७ वर्षीय आयुश मंग्राती,७ वर्षीय प्रशान्त रम्तेल, २९ वर्षीया रमिला नेपाली, रमिलाका ६ वर्षीय छोरा प्रबिन मंग्राती र ३२ वर्षीया मिना मंग्राती रहेका छन् ।

दुर्घटनाका घाइतेहरूको उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल ओखलढुंगा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : November 23, 2026 at 11:24 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/