नयाँ दिल्ली पुगे प्रधानमन्त्री बालेन, भारतका राज्यमन्त्रीले गरे स्वागत
६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत पुगेका छन् । उनीसहितको प्रतिनिधिमण्डलको टोली सवार नेपाल एयरलायन्सको विमान केहीबेर अघि भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा अवतरण गरेको हो । प्रधानमन्त्री बालेनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गरेका छन् ।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्यवसायी र पत्रकारसहित ३४ सदस्य छन् । निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ ।

विमानस्थलबाट उनी सिधै होटल ताजमहलमा जानेछन् । आज साँझ प्रधानमन्त्री बालेनले भारतीय विदेशमन्त्री डा एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेट प्रधानमन्त्री बसेको होटल ताजमै हुनेछ । भ्रमणको दोस्रो दिन सोमबार भने उनी प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु लगायत उच्चस्तरीय भेटघाटमा व्यस्त हुनेछन् ।
प्रकाशित मिति : November 22, 2026 at 4:18 pm













