५ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

प्रभु महालक्ष्मी लाइफको १० प्रतिशत संस्थापक सेयर सर्वसाधारण समूहमा परिणत

https://www.muktinathbank.com.np/online/loan-application

४ मंसिर, काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो कुल संस्थापक सेयरमध्ये १० प्रतिशत सेयर सर्वसाधारण समूहमा परिणत गरेको छ। कम्पनीले आवश्यक स्वीकृति र विशेष साधारण सभाको निर्णयअनुसार संस्थापक सेयरको उक्त हिस्सा सर्वसाधारण समूहमा परिवर्तन गरिएको जानकारी दिएको हो।

कम्पनीका अनुसार नेपाल बीमा प्राधिकरणको २०८२ फागुन २७ गतेको स्वीकृति तथा २०८२ चैत १९ गते सम्पन्न विशेष साधारण सभाको निर्णयका आधारमा सेयर परिवर्तन गरिएको हो। यसका लागि नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जबाट समेत आवश्यक स्वीकृति प्राप्त भएको कम्पनीले जनाएको छ।

सेयर धितोबन्धक राखेका वा अन्य प्रयोजनका लागि रोक्का रहेका शेयरधनीको हकमा भने रोक्का फुकुवा भएपछि वा सम्बन्धित निकायबाट अनुमति पत्र (एनओसी) प्राप्त भएपछि मात्र परिवर्तित सेयर डिम्याट खातामा जम्मा हुनेछ। त्यस्तै हालसम्म सेयर अभौतिकीकरण (डिम्याट) नगरेका सेयरधनीले डिम्याट गरेपछि मात्र परिवर्तित सेयर आफ्नो खातामा प्राप्त गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : November 20, 2026 at 9:17 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/